अर्जुन खनाल
काठमाडौ । वरिष्ठ साहित्यकार तथा जनस्वास्थ्य विशेषज्ञ डाक्टर रबिन्द्र पाण्डे “समीर”ले विभिन्न ठाउँमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेका छन ।बैशाख १२ गते ,भुकम्प गएदेखी नै स्वास्थ्य सेवामा खटिएका समीर स्वयंम भुकम्प पीडित हुन यधपी आफ्नोमा कुनै ठूलो क्षति नभएको उनी बताउँछन ।
उनी आफुलाई अनुकूल पर्ने ठाउँ मात्र नभएर भुकम्प प्रभावित विभिन्न जिल्ला ,गाउँ ,पीडितको घरदैलोसम्म पुगेर नि:शुल्क रुपमा स्वास्थ्य शिविर संचालन ,औषधि वितरण ,माक्स वितरण ,नि:शुल्क प्राथमिक उपचार परामर्श सेवा दिदै आएका छन ।उनका भाइ , श्रीमती लगाएत परिवारका सदस्यले सहयोग गरिरहेको कुरा उनी बताउछ्न । औषधि र केहि अन्य आवश्यक सामाग्री किन्न करिब ८० प्रतिशत उनले व्याक्तिगत खर्च गरेका छन भने २० प्रतिशत केही सहयोगी मनहरुले गरेका छन ।उनी कुनै संचार माध्यमसंग अन्तर्वार्ता प्रतिक्रिया दिन भ्याउदैनन । उनी भ्याउछ्न त केवल चर्किएका र भत्किएका मनहरुलाई मलम र पट्टि लगाउन ।
उनले आफ्नो फेसवुक स्टाटसमा लेख्छ्न जोखिम समुहमा रहेका पिडितहरुलाई मैले पहिलो प्राथमिकतामा राखेको छु ।गर्भवती, सुत्केरी, बालबालिका, जेष्ठ नागरिक र धेरै सम्बेदनशील व्यक्तिहरु , नियमित निशुल्क स्वास्थ्य सेवा जारी रहनेछ ।भोलिदेखि मेरो प्राथमिकताको ” क ” बर्गमा पर्नेछन, अबोध बालबालिका । भूकम्प आउँदा रमाइलो पनि लाग्यो होला, निकै तर्सिएर सातो पनि उड्यो होला, अभिभावकको १०० रेक्टरको तर्साइले निद्रामा तर्सिन्छन होला, पालको बसाइले वा राहतको डाइटले सरुवा रोग लागेको होला, भूकम्पको कारण खोप छुटेको छ होला, बाबुआमा गुमाएर स्कुल जाने सडक बन्द भएको छ होला …..उपचार, परामर्श अनि स्कुल जाने बाटोमा गएको थुनछेक हटाउने प्रयास गर्नेछु , आफै हिंड्नेछु, लड्न लागेमा हात समाइदिनुहोला ।” उनी अझै थप्छन् ” आज महाभूकम्प आएको / गएको एक महिना भयो ।आजको दिन मैले हाम्रा बृद्ध बुवाआमाहरुलाई खवर गरेर, बाइक तथा गाडीको ब्यबस्था मिलाएर उहाँहरुको स्वास्थ्य जांच, रोग अनुसारको औषधि वितरण, खाना रुच्ने, तागत दिने, मालिस गर्ने लगायतका सप्लिमेन्ट वितरण गरें ।
उहाँहरुका गुनासा, अनुभब र समस्या सुनेर तथा आफ्ना रोग रोकथाम र परामर्श सुनाएर उहाँहरुको सम्मान गर्ने अवसर मिल्यो । उहाँहरु संग आउनुभएका बच्चादेखि जवानलाई पनि स्वास्थोपचार गरें । सबै बुवाआमाले भन्नुभयो – तपाईंलाई हाम्रो आशिर्बाद छ ।” यो पनि उनी स्टाटसमा थप्छ्न “भोलि र पर्सि हामी काभ्रे र सिन्धुपाल्चोक जाँदैछौं ।हालसम्मका ४० वटा निशुल्क स्वास्थ्य शिबिर संचालन र झन्डै ४२०० पिडितहरुको उपचार पश्चात मैले अनुभब गरेका केहि कुरा –
१. भग्नावशेष बस्तीमा उपचारको अझै खाँचो छ ।
२. शिशुदेखि बृद्धसम्म एकदम मनोबैज्ञानिक त्रासमा छन् । तसर्थ
गाउँगाउँमा फैलिएका रेडियो, एफ एम आदिलाई एउटा करिकुलम बनाएर
नियमित प्रसारण अभियान चलाउनु जरुरी छ ।
३. राहतको वितरण एकदम असमानुपातिक र सतही छ । सडकछेउं र सदरमुकाम वा साना सहरका हल्का पिडित वा नक्कली पिडितहरुले एक बर्ष पुग्ने गरी अलकत्र समेत छोडेका छैनन् । उनीहरु भन्छन – पालअन्न सुकाउन काम लाग्छ, चामल भैंसीलाई कुडो बनाउन काम लाग्छ, चाउचाउ र बिस्कुट बाँदर धपाउन काम लाग्छ ।
४. विश्व खाध्य संघ तथा रेडक्रसले त अखाध अन्न बाँडेका छन् भने अरुको गुणस्तर के होला ? भूकम्पपिडितको लागि खानै नहुने चामल बाँढ्ने अनि त्यो खाएपछि झाडापखाला लगाएर पुन : झाडा पखालाको कार्यक्रम ल्याउने ….. यो चक्र बुझिनसक्नु छ ।
५. करोडौं कोष भएका गैह्र सरकारी संस्थाले आफ्नो कोष अनि जिन्सी सामान वितरण गरेर ” काम देखाउने ” मेलो निकै फैलिएको छ ।उनीहरुले विपदको बेला आफ्नो
कोष सेवामा लगाउनुपर्थ्यो वा सरकारलाई दिनुपर्थ्यो । जुन देशमा सरकार भन्दा गैह्र सरकारी संस्था बलिया र धेरै हुन्छन – त्यो देश मगन्ते मानसिकताबाट कहिल्यै माथि उठ्न सक्दैन ।यसको उदाहरण बंगलादेशका दशौँ लाख संस्था र गरिबी हेरे पुग्छ ।
६. पाल वा बाँसका अस्थायी टहरा दिगो बिकल्प हैनन् । यस्ता झिनामसिना तथा अल्पकालीन काममा स्थानीयलाई जिम्मा छोडेर राज्यले दिगो पुनर्बासको ब्यबस्था
गर्नुपर्दछ । घरको बिकल्प बाँस र जस्ताका नाम मात्रका टहरा हुन सक्दैनन् ।
७. हामीले भूकम्प, परकम्प आदिको बारे सुचित गर्ने डेस्क बनाएर आधिकारिक जानकारी नियमित दिएमा च्याउ झैं उम्रेका ज्योतिष, भूकम्पविद र भूगर्भविदले जनतालाई त्रस्त बनाउने थिएनन ।
८. सरकारले एउटा बिज्ञ टिम बनाएर प्रपोजल सहित हरेक सुभेच्छुक राष्ट्रलाई एउटा / एउटा गाउँ बनाउन जिम्मा दिने हो भने त्यो दिगो काम हुन्छ ।
९. सरकारले आकाश मिचेका खतरा घरहरु भत्काउन ढिलो गर्नुहुँदैन !
१०. वर्षायाममा आउने बाढी – पहिरो , सरुवा रोगको महामारी आदिको पूर्वानुमान गरेर अहिल्यै तयारी अवस्थामा बस्नुपर्दछ ।
११. अब हामीहरु पुरानो स्थितिमा फर्कनुको बिकल्प छैन । तसर्थ सबैजना काममा सहभागी भएमा भूकम्पको घाउमा बिस्तारै खाटा लाग्नेछ ।” उनको एउटा अचम्मको बनी के भने नि उनी समाचार हेर्छन्, प्रभावित क्षेत्र पत्ता लगाउछ्न र चुपचाप त्यहां पुग्छन् । उनको नाम के हो, घर कहां हो, कुन अस्पतालका हुन्, प्रायोजक के हो, आयोजक को हो, कसरी शिविर चलाई रहेकाछन्, यो कुरा बिरामीलाई थाहै हुन्न । भाइ नाम लेख्छन्, डाक्टरसा