बुटवल , जेष्ठ १४ – जेठ २० गते देखि शुरु हुने कक्षा ११ र १२ को वार्षिक परिक्षालाइ मर्यादित र व्यवस्थित गर्नको लागी रुपन्देही जिल्लाका परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको लागी परिक्षा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषदद्वारा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्माले भूकम्पको कारणले विद्यार्थीहरु मनोबैज्ञानिक त्रासमा रहेको भएपनि परिक्षा केन्द्रहरु भूकम्पीय जोखिमबाट बुक्त भएको यकिन भएपछी मात्र परिक्षा संचालन गर्ने निर्णय गरिएकोले विद्यार्थीहरुले ढुक्क भएर परिक्षा दिन सक्ने बताउदै परिक्षा केन्द्रहरुमा सम्भावित सबै दुर्घटनाका सम्भावनाहरुलाई मध्यनजर गर्दै जिल्ला स्थित सबै सुरक्षा निकाय र जनस्वास्थ्य कार्यालय संग समन्वय गरेर आपतकालिन सेवाको व्यवस्था गरिने जानकारी दिए ।
कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद्का परिषद सदस्य घनश्याम पाठकले परीक्षालाई चुस्त,दुरुस्त र विद्यार्थिमैत्री बनाउने जिम्मेवारी परिक्षा नियन्त्रण कार्यालयको मात्र नभई शिक्षक, अभिभावक र विद्यार्थीको समेत भएकोले सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा रुपन्देहीका जिशिअ टेक बहादुर थापा, रुपन्देहीका प्रजिअ तोयम रायमाझी, प्रहरी उपरीक्षक राजेन्द्र ढकाल, प्राध्यापक आनन्दमान सिंह,हिसान अध्यक्ष अनन्तराम शर्मा, उच्च माध्यमिक विद्यालय संघ रुपन्देहीक अध्यक्ष मित्रलाल न्यौपाने , चण्डी प्रसाद पाण्डेय लगायतले परिक्षा संचालनमा एकरुपता र प्रभावकारी हुन नसकेमा विद्यार्थीहरुमा अनुसशानाहिनाता बढ्ने र त्यसले शैक्षिक संस्थाहरुको पठनपाठनको स्तर घटाउने भएकोले मर्यादित,अनुशाशित र व्यवस्थित ढंगले परिक्षा संचालन गर्न केन्द्राध्यक्ष , निरीक्षक र शिक्षकहरुले ध्यान दिनुपर्ने बताए ।
रुपन्देही जिल्लाका ३० जना केन्द्राध्यक्षको सहभागिता रहेको कार्यक्रमको संचालन उच्च माध्यमिक शिक्षा परिषद बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले गरेका थिए ।
कार्यक्रममा परिषदका बुटवल कार्यालयका निमित कार्यालय प्रमुख प्रमुख नोगेंद्र खनालले कक्षा ११ र १२ को परीक्षाको तयारी सम्बन्धि जानकारी दिएका थिए ।
बैशाख २० गते देखि शुरु हुने पूर्व तालिका भएपनि बैशाख १२ गतेको महभूकम्पको कारणले परिक्षा एक महिना पर सरेको छ । विद्यार्थीलाई परिक्षा हुने डिनको बारेमा अन्यौलता नहोस भनेर परिषदले नया परिक्षा तालिका सार्वजनिक गर्दा महिना फरक भएपनि पहिलेकै गतेमा परिक्षा लिने व्यवस्था गरेको छ ।