बाबु रोका मगर
दिल्ली, हरियाणा । भारतको राजधानी दिल्ली स्थित नेपाल पत्रकार महासंघ- भारत शाखा को घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ आइटिओ हिन्दी भवनमा नेपाल पत्रकार महासंघले प्रवासमा रहेका नेपाली पत्रकारका माझ आफ्नो शाखा बिस्तार गर्ने क्रममा भारतमा तदर्थ समिति खोल्ने सहमती प्रदान गरेको छ ।
पत्रकार तथा नेपाल आवाज पत्रिका को सम्पादक लोकेश शाहको अध्यक्षतामा भारतको दिल्लीमा खोलिएका तदर्थ समितिको आइतबार घोषणा गरिएको छ । महासंघका केन्दि्रय उपाध्यक्ष अनिता बिन्दू, काठमाडौं जिल्ला शाखा उपाध्यक्ष सृजन झासहितको उपस्थितीमा गठित १६ सदस्यीय तदर्थ समितिमा उपाध्यक्ष देवेन्द्र कुवर, महासचिव आकांक्षा शाह, सचिव गाविन्द पोख्रेल, कोषाध्यक्ष बिके कृष्णा, सहसचिव देवेन्द्र केसी, सह-कोषाध्यक्ष हिमशिखर र प्रबन्धक एवं व्यवस्थापक खुम गुरुङ रहेका छन् भने सल्लाहाकार मा बाबु रोका मगर, भेष राज पौडेल र बाबु राम थापा रहेका छन् | यसैगरी, सदस्यहरुमा गणेश बिक, विश्वास शाह, केशवराज पोख्रेल, अर्जुन खनाल र तपेन्द्र धामी रहेका छन् । तदर्थका अध्यक्ष लोकेश शाहका अनुसार महासंघको बिधानअनुसार आगामी छ महिनाभित्रमा चुनाव गराएर भारत शाखाले पूर्णकालिक मान्यता पाउनेछ ।
स्थानीय नेपाल आवाज पत्रिकाको आयोजनामा आइतबार सम्पन्न घोषणा सभापछि आयोजित समारोहमा राजदूत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्ध जनस्तरभन्दा पनि ‘हृदयस्तर’को रहेको टिप्पणी गर्दै सकारात्मक समाचार र सूचनाको प्रवाहले यो सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्ने बताए । समारोहका अतिथी बनेर आएका नेपाल मामलाका जानकार भारतीय नेता डीपी त्रिपाठीले नेपालमा आइपर्ने समस्यामा ‘केही सोच्ने’ भन्दा तत्कालै ‘केही गर्ने’ तदारुकता अर्थपूर्ण रहने बताए । नेता त्रिपाठीले वकिलमार्फत हालै आफूले लेखाएको इच्छापत्रमा ‘आफ्नो मृत्युपर्यन्त अस्तु लगेर काठमाडौं बागमती नदीमा लगेर बहाउन’ इच्छाएको बताएका थिए ।
उक्त समारोहमा राजदूत उपाध्यायले द्धैदेशीय सम्बन्धको आयामलाई बिभिन्न आधारमा प्रगाढ बनाउने व्यवसायी, कलाकार र समाजसेवी समेतलाई सम्मानित गरेका थिए । नेपाल आवाज पत्रिकाले छनौट गरेको ‘गरिमा सम्मान’ पाउनेमा राष्ट्रवादी कंग्रेसका महासचिव डीपी त्रिपाठी, एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, नेपाली चलचित्र क्षेत्रका बरिष्ठ कलाकार निर शाह रहेका थिए ।
कार्यक्रम मा उपस्थित जनहरुलाई मनोरंजन दिनको निमित्त नेपाली लोक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रममा नेपाली देशभक्त युवा समाजका प्रतिनिधि नन्दु घिमिरे, बाबुराम बन्जाडे, हरि रोका मगर, अर्जुन थापा, अमर सिंह धामी लगायतका सदस्यहरुले स्वयमसेवक को रुपमा महत्वपूर्ण सहयोगको भूमिका निर्वाह गरेका थिए |