उद्योगमन्त्री महेश बस्नेतले हालसम्म सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले सुख्खा याममा ९० मेगावाट विद्युत उत्पादन गर्ने बताउनुभएको छ ।
उद्योगमन्त्रीको पहलमा चिनी उद्योगहरुबाट उखु पेलिसकेपछि निक्कने खोस्टाबाट विद्युत उत्पादन गरी व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने सम्भावनाको अध्ययन भएको थियो ।
मन्त्रीपरिषद आर्थिक तथा पूर्वाधार समितिको बैठकमा उद्योगमन्त्रालयको पहल तथा उर्जामन्त्रालयको प्रस्तावमा