गत वैशाख १२ गतेको भूकम्पले जनधनको क्षतिसँगै बैंकिङ क्षेत्रमा पनि तरलता सिर्जना गरेको छ। पछिल्लाे वाणिज्य बैंकमा निक्षेप ४९ अर्बले बढेको छ। तर सोहि अवधिमा कर्जा परिचाल भने जम्मा चार अरबले मात्रै बढेको देखिन्छ।
भूकम्प जानु अघि एक महिनाको अवस्था मुल्यांकन गर्दा निक्षेप सङ्कलन र कर्जा बिस्तारबिचको तालमेल केहि मिलेको देखिन्छ।
गत फागुन २९ गते देखि वैशाख ४ गतेको समयमा वाणिज्य बैंकहरुले निक्षेपमा २२ अर्बले बृद्धि गरेका थिए भने २४ अर्ब कर्जा परिचालन गरेका थिए।
भूकम्प पछि केहि दिन त बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द नै भए। भुकम्प पछि निक्षेप संकलनको बृद्धि राम्रो देखिएपनि कर्जा परिचालनमा भने अपेक्षित मात्रामा हुन नसकेको स्पष्ट देखिएको छ।
फागुन २९ गते सम्ममा वाणिज्य बैंकहरुमा १२ खर्ब १६ अर्ब स्वदेशी मुद्रा निक्षेप सङ्कलन भएको थियो। त्यस्तै सोहि अवधि सम्ममा ९१ अर्ब बिदेशी मुद्रा निक्षेप सङ्कलन गरेकोे देखिन्छ। यसरी वाणिज्य बैंकमा फागुन २९ गते सम्ममा १३ खर्ब सात अर्ब निक्षेप सङ्लकन भएको थियो।
यसको झण्डै एक महिना पछि अर्थात वैशाख चार गते बाणिज्य बैंकमा १२ खर्ब ३५ अर्ब स्वदेशी मुद्रा निक्षेप सङ्कलन भएको थियो भने ३४ अर्ब विदेशी मुद्रा निक्षेप संकलन भएको थियो। यसरी हेर्दा सो समयमा कर्जा परिचालनमा २४ अर्ब बृद्धि भएको थियो भने निक्षेप संकलनमा २२ अर्बले बृद्धि भएको थियो।
तर भूकम्प गएको बिचको एक महिनाको बिश्लेषण गर्दा निक्षेप संकलनमा उच्च बृद्धि भए पनि कर्जा परिचालन न्युन देखिन्छ। वैशाख ४ सम्ममा वाणिज्य बैंकहरुमा १२ खर्ब ३५ अर्ब स्वदेशी मुद्र्रा संकलन भएको देखिन्छ भने ९४ अर्ब विदेशी मुद्रा निक्षेप सङ्कलन भएको थियो। सेतोपाटीमा समाचार छ ।