वाइवाइसहित नेपालमा विक्रि वितरण भइरहेका सम्पूर्ण चाउचाउ परीक्षण गर्न शुरु

भारतको तमिलनाडुमा वाइवाइ चाउचाउमाथि प्रतिबन्ध लागेसँगै नेपालमा अधिकार प्राप्त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पनि वाइवाइसहित स्वदेशमा नै उत्पादित अन्य चाउचाउ परीक्षण गर्न शुरु गरेको छ ।
 
विभागले देशमा विभिन्न स्थानबाट नमूना संकलन गरिसकेको विभागका महानिर्देशक संजिव कुमार कर्णले जानकारी दिए । नेपालमा विक्रि वितरण भइरहेका सम्पूर्ण चाउचाउको क्षेत्रीय रुपमा नमुना संकलन कार्य अगाडि बढाएको उनले बताए । 
 
यो हप्ताभित्रै ती चाउचाउका नमुनाहरु परीक्षण ल्याबमा पठाइने र नतिजा पनि आइसक्ने कर्णले बताए ।  परीक्षण ल्याबबाट रिपोर्ट आइसकेपछि ती चाउचाको गुणस्तरबारे अध्ययन हुने र रिपोर्टअनुसार प्रक्रिया अघि बढ्ने बताए। 
 

अन्य समाचारहरु