कोरियामा “मोक्पो चौतारी नेपाल” संस्थाको गठन

 


राजु खडका /अरुण सेजवाल 
नेपालबाट रोजगारिको शिलशिलामा कोरियाको मोक्पो भन्ने ठाउँमा पुगेका युवा युवतीहरु मिलेर आई पर्ने समस्या र समाजमा परिवर्तन गर्ने योजना का साथ ” मोक्पो चौतारी नेपाल ” भन्ने संस्था गठन गरेका छन। सुख दु:ख मा जहाँ भय पनि हामी सधैं एक जुट हुनु पर्छ भन्ने सोच राखी सम्पूर्ण उक्त स्थानमा कार्यरत नेपालीहरु एक जुट भएका थिए। 
उपस्थित सम्पूर्णहरु बाट सर्बसहमतीमा पदाधिकारी चयन् हुन नसके पछी प्रजातान्त्रिक प्रणाली बाट चुनाव गराउन को लागि निर्वाचन समिती बनाएर कार्य अघी बढेको थियो। निर्वाचन प्रणाली बाट गुल्मी-साउथकोरिया संपर्क समिती का बरीस्ठ उपाध्यक्ष रहनु भएका रोशन कुमार पौडेलको अध्यक्षतामा २४ सदस्यीय कार्यकारी समिती गठन भएको छ। क्रमस बरिष्ठ उपाध्यक्ष्य राजाराम चालिसे, उपाध्यक्ष्य तिलक खत्री, शुन्दर केसी, गायक दावा लामा , महासचिब : बिष्णु ज्ञवाली सचिबमा अर्घाखाँचीमा आधुनिक शिक्षाका कोरिया प्रतिनिधि अरुण सेजवाल, अर्का सचिबमा गोपाल खतिवडा, सह-सचिब : राजेन्द्र गौतम, निर्मल न्यौपाने, कोषाध्यक्ष्य सुजिन ताम्राकार, सह-कोषाध्यक्ष्य : सुरेश दुवाल सदश्यहरु : सन्दिप अधिकारी, सुबास तामांग,सुर्य लामा, शेरचन राना, शन्तोष सुबेदी, राजन त्रिपाठी, स्टार कार्की, हिराकाजी राना मगर, प्रकाश कार्की, यम खड्का, कृष्ण बराल, दिपक सुबेदी हरु रहनु भएक छ। 
उक्त भेला लाइ सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण सुभेच्छुक सहयोगी हरु र मोक्पो एफ. सी. का खेलाडी हरुलाई धन्यवाद दिदै आगामी कार्यकाल लाइ सफल बनाउन अझ रचनात्मक सहयोग को अपेक्षा गर्दै नबनिर्बाचित अध्यक्ष रोशन पौडेलले  निर्बाचित नया कार्य समितिलाई लाइ बधाई तथा शुभकामना ब्यक्त गरेका थिए  भने महासचिब बिष्णु ज्ञवाली ले सस्थाले एक बर्षमा गरेको प्रगति विवरण तथा आर्थिक कारोबार पेश गरे। कार्यक्रमको संचालन मोक्पो एफ .सी .का प्रशिक्षक बिक्रम  गुरुङले गरेका थिए।
 
” मोक्पो चौतारी नेपाल ” एक क्रियाशील बिशुद्द सामाजिक सस्था हो र मोक्पो लगायत कोरियाका अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई कुनै पनि दुख सुखमा सकेको साथ सहयोग दिन जहिल्यै पनि तयार रहेको जनाउदै मोक्पो चौतारीका निबर्तमान सचिब अरुण सेजवाल ले भने -सहयोग का साथ साथै मोक्पो चौतारी नेपाल ले मोक्पो मा रहेका नेपाली कामदार हरु संग भएका कला र खेल लाइ यसै सस्था मार्फत सबै सामु पुर्याउने प्रयास गरेका छ  र मोक्पो चौतारीमा कोरियामा रहेका नेपालीहरु माझ चिरपरिचित लोकप्रिय कलाकार तथा खेलाडी हरु समेत रहेको छन्। मोक्पो चौतारीकै तर्फबाट वैशाक १२ गते नेपालमा गएको विनाशकारी भुकम्प बाट पिडित हरुलाई ३ लाख रुपैया बराबर को राहत सामग्री वितरण गरिसकिएको र हालसम्म संकलित झन्डै ८ लाख रुपैया पनि सम्बम्न्धित पक्ष लाइ छिट्टै दिने सेजवाल ले जानकारी दिए।
 
सन् २०१४ मा स्थापना भएको “मोक्पो चौतारी नेपाल” कोरियामा छोटो समयमा लोकप्रियता हासिल गर्न सफल सस्था हो। मोक्पो चौतारीमा हाल २०० भन्दा बढी सक्रिय सदस्य हरु रहेको जनाइएको छ। मोक्पो चौतारी भित्रकै फुटबल क्लब (मोक्पो एफ .सी .) ले नागार्जुन कपमा उपविजेता समेत हासिल गरेको थियो ।