बाबु रोका मगर
दिल्ली हरियाणा । भारतको राजधानी दिल्ली स्थित अर्नोवा ले आफ्नो १५ औ स्थापना दिवस भब्य रुपले मनाएको छ । तामिल संगम हाल आर के पुरममा नेपाली कला र संस्कृतिले भरिएको उक्त कार्यक्रम रंगिनमय बनेको थियो ।
कार्यक्रममा मुख्य अतिथि (एम एल ए) साउथ दिल्ली कि श्रीमती प्रमिला टोकस र श्रीमान धिरज टोकस ज्यु को उपस्थिति रहेको थियो यसैगरी कलाकार तथा साहित्यकार गुनु घर्ति ज्यु मिजुरम बाट साथै अन्य कलाकारहरु सरिता गजमेर, बिक्रम कालिकोटे, महेश सेवा लगायतका अन्य कलाकार हरुले पुरै नेपाली गित गाएर उपस्थित दर्शकहरुलाई भरिपुर्ण मनोरंजन दिन सफल रहेका थिए भने अन्य कलाकारहरु ले नृत्य प्रस्तुत गरेर सुनमा सुगन्ध छरेका थिए ।
कार्यक्रमको सुरुवात सभापति मनोज शंकर को आसन ग्रहण बाट भयो र अर्नोवाका सस्थापक रेबुन गुरुङ ले उपस्थित अतिथि तथा दर्शकहरुलाई शुभकामना दिदै कार्यक्रम संचालन गर्नको निम्ति सहनेत्री संस्थाकी अध्यक्ष बन्दना राइ लाइ आग्रह गरेका थिए | कार्यक्रममा बोल्दै अध्यक्ष बन्दना राइले भारत का विभिन्न क्षेत्रमा एकतत्त्र छरिएर रहेका गोर्खाली नेपालीहरुको एकतामा एउटा डेटाको निर्माण गर्दै गोर्खालीहरुलाई साथमा जोड्दै भारतीय मुलमा काम गर्ने नेपालीहरु प्रति गरिने अछुत ब्यबहार शोषण, दमन को बिरुद्द सबै गोर्खाली नेपालीहरु एकजुट बनाउन को निम्ति र उनीहरुको हकहितको लागी अर्नोवा को मुख्य उद्देश्य रहेको जानकारी गराएकी थिइन् |

कार्यक्रम को दौरानमा केहि बेर पछि कोटला मुबारकपुर आम आदमी पार्टी का (एम एल ए) मदन लाल ज्यु को उपस्थिति रहेको थियो मदन लाल संग बन्दना राइ ले भारतमा लाखौ को संख्यामा विभिन्न क्षेत्रमा कार्यरत गोर्खाली नेपालीहरु छन् तर यिनीहरुको लागि अहिले सम्म कुनै हेल्प लाइन नम्बर समेत नभएको कुरा राखे पछि मदन लाल ले यसको पनि ब्यबस्था गरिदिने आस्वासन दिएका थिए भने श्रीमती प्रमिला टोकसले पनि दिल्लीमा कुनै नेपाली लाइ समस्या परेको खण्डमा आफुले सकेको पुरै सहयोग नेपालीहरुलाई गर्ने प्रतिबद्दता जताएकी थिइन् |
कार्यक्रममा भारतका विभिन्न मिडिया कर्मीहरु आजतक, एबिपी, स्ट्रन स्काई लगायत अन्य मिडियाको उपस्थिति रहेको थियो भने नेपालको तर्फ़ बाट नेपाल पत्रकार महासंघ भारत साखा का अध्यक्ष लोकेश शाह, नेपाल आवाज पत्रिका का प्रोपाइटर देवन्द्र कुँवर सह सम्पादक गोविन्द पोख्रेल र अर्घाखाँची डट कम का प्रतिनिधि बाबु रोका मगर को उपस्थिति रहेको थियो | कार्यक्रम सुरु देखि अन्त्य सम्म अनुसासन र शान्तपूर्वक सम्पन्न भएको थियो |