काठमाडौं उपत्यकामा सडक तथा सुरक्षाको अवस्था सामान्य

काठमाडौं  । काठमाडौं उपत्यकामा आज सडक तथा सुरक्षाको अवस्था सामान्य छ । 
आज दिनभर सडक आवागमनालाई प्रभावित पार्ने किसमका कुनै कार्यक्रम नरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हवाई यातायत तर्फपनि आज नियमित उडानहरु भईरहेका छन् ।
पर्यटक अभावले केही दिनदेखि माउन्टेन फ्लाईटहरु हुन नसकेको अवस्थामा आज विहान भने यती एयरको एउटा माउन्टेन फ्लाईट भएको छ ।
भित्रुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज आन्तरिक तर्फ ६६ वटा उडान हुनेछ भने बाह्यतर्फ ३३ वटा उडान हुनेछ ।
गएको २४ घण्टामा उपत्यकाका विभिन्न ठाँउमा गरिएको सवारी चेकजाँचका क्रममा मापसे, बढी भाडा लिने कार्य लगायतमा संलग्न ९ सय ३३ सवारी चालक कारबाहीमा परेका छन । जसमा ८४ जना मादक पदार्थको सेवन गरी सवारी चलाउने रहेका छन ।
आज उपत्यकाको मौसम सफा रहने मौसमा पुर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकामा आज दिउँसोको अधिकतम तापक्रम ३२ देखी ३४ डिग्री सेल्सीएसको बिच रहने जनाइएको छ ।
गर्मी बढ्नेक्रम जारी रहेपनि पर्सीबाट तापक्रम केही घट्ने महाशाखाको प्रक्षेपण छ । सुर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सुर्यास्त बेलुकी ६ बजेर ५९ मिनेटमा हुनेछ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु