चट्टयाङ लागेर धादिङकी एक महिलाकोको मृत्यु

धादिङ । चट्टयाङ लागेर धादिङको नलाङ गाँउ विकास समिति ६ नयाँबस्तीकी ५५ वर्षीया सुन्तली नेपालीको मृत्यु भएको छ ।
 घरको आगंनमा बसेको बेला परेको चट्टयाङबाट हिजो साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्टयाङ र हावाहुरीबाट अन्य चार जना स्थानीय घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भईरहेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु