
काठमाडौं, जेष्ठ ३२ । सरकारले म्यागी र मायोज ब्रान्डका नो एडेड एमएसजी लेखिएका चाउचाउमाथि भ्रामक प्रचार गरेको अभियोगमा कारबाही गर्ने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही जेष्ठ २१ गतेदेखि भारतको नेस्ले इन्डिया लिमिटेडद्धारा उत्पादित म्यागी चाउचाउको आयात तथा बिक्री-वितरणमा रोक लगाइ बजारबाट यी र अरु नेपालबाटै उत्पादित चाउचाउका नमूना संकलन गरी परीक्षण गरेको हो ।
विभागले हालसम्म संकलन गरिएका चाउचाउका नमूनामा सिसा (लीड)को मात्रा मापदन्ड अनुसार नै पाएको तर अजिनोमोटो मोनोसोडियम ग्लूटामेट (एमएसजी) चाँही सबैमा पाएको जनाएको छ ।
विभागले म्यागी ब्रान्डका ५, वाइवाइको ३ र यमयमको एउटा नमूना परीक्षण गरेकोमा सिसा (लीड)को मात्रा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरअनुसार अधिकतम २ दशमलप ५ पार्टस् पर मिलियनको परिधिभित्र पाइएको जनाएको हो । इमेजखबरमा समाचार छ ।