काठमाडौ – कान्तिपुरमा प्रकासित समाचार अनुसार भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रतिबोरा ३ सय २० रुपैयाँ (२ सय भारु) मा सिमेन्ट उपलब्ध गराउने प्रस्ताव गरेको छ । भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधिसँग भुटानमा भएको द्विपक्षीय वार्तामा समकक्षी नितिन गडकरीले उक्त प्रस्ताव राखेका हुन् ।
भुटानमा ४ देशका यातायात मन्त्रीबीचको बैठकपछि उनीहरूबीच छुट्टै वार्ता भएको थियो ।