अवैधानिक अमेरिकामा बसेका सबै नेपालीलाई टीपीयस सुबिधा प्रदान, नेपाल आउन जान र काम गरेर बस्ने सुबिधा, २० हजार नेपालीहरु लावंवित


 न्यूयोर्क, अमेरिका ।  डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई अमेरिकामा टीपीयस सुबिधा प्रदान गरेको छ । आजै न्युयोर्क राज्यका सेनेटर चक सुमरले आफ्नो आधिकारिक वेब साईटमा प्रेस बिज्ञप्ति जारी गर्दै टीपीयस सुबिधा प्रदान गरिएको बताएका छन्। 



टीपीयस सुबिधा प्राप्त भए संगै अब अमेरिकामा बिना कागजपत्र अवैधानिक बसोबास गरि रहेका नेपालीहरुले अस्थायी रुपमा टीपीयस सुबिधा कटौती नभए सम्मको लागि काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने छन् । 



यो सुबिधाबाट करिब २० हजार नेपालीहरु लावंवित हुन् सक्ने छन् । यो सुबिधाले अमेरिकामा भ्रमण भिसामा आउने हरुले पनि देशमा फर्कने गार्हो भएको अवस्थामा यहि काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने छन् ।भने डिर्पोटेशन अर्डरमा परेकाहरुले पनि यो स्टाटसमा रहुन्जेल अमेरिकामा काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने छन् । 



गत अप्रिल २५ मा ७.८ रेक्टर स्केलको भुकम्पबात करिब ९ हजारको मृत्यु र हजारौ घाइते भए पछि अमेरिकामा बसोबास गर्ने नेपालीहरुको पहलमा टीपीयस सुबिधाको लागि अमेरिकी सरकार समक्ष निवेदन गरेको थियो, अमेरिकामा यस अघि निकारागुवा, होन्दुरास, हैटी लगायत देशले यो सुभिधा प्राप्त गरेका थिए । अन्लाईन संचारमाध्यममा समाचार छ ।