उमाकान्त पाण्डे । यूएई, असार २ – रोजगारीका लागि संयुत्त अरब एमिरेट्स यूएई आएका एक नेपालीले ज्यान गुमाएका छन । डेढ बर्ष पहिले यूएईको ट्रान्सगार्ड ग्रुप अफ कम्पनीका सेक्युरिटीको रुपमा कामगर्न आएका धनकुटा तल्लोकोप्चे ५ का दिपक भुजेलको गत शनिबार राती ज्यान गएको हो ।
मृतक भुजेलको मृत्युको कारण भने अहिले सम्म खुलेको छैन । प्रारम्भिक रिपोर्ट अनुसार भुजेलले ‘आत्महत्या’ गरेको भनिएको छ । उनको शब पोस्टमार्टमका लागि दुबइ पुलिशले लगेको र अहिले पोस्टमार्टम पछि दुबइ स्थित अल रशिद अस्पातलमा राखिएको उनै सँगै कामगर्ने नेपालीहरुले जानकारी दिए ।
भुजेलको नेपालमा एक श्रीमती र ७ बर्षिय छोरी समेत छन । दिपक मीलनसार तथा सहनशिल ब्यात्तित्व र आत्महत्या गर्नु पर्ने कुनै कारण नदेखिएकोले उनले आत्महत्या गरेको घटनालाई उनका आफन्तजनले शंकास्पदको रुपमा लिएका छन ।
परदेशमा श्रीमानले आत्महत्या गरेको खबरले घरदेशमा भएकी उनकी श्रीमती अहिले धनकुटाको अस्पतालमा वेहोस् अवस्थामा रहेको दुबइमा कार्यरत दिपकका सहपाठी लोकेन्द्र रोईलाले बताउनु भयो ।
‘गत शनिबार राती आफ्नै विस्तारामा भुजेलने ‘आत्महत्या’ गरेको स्थानिय प्रशाशनको प्रारम्भीक रिपोर्टमा उल्लेख छ,’यधपी उनको मृत्युलाई दुबइमै कार्यरत उनका आफन्तजनले ( उजुरी कर्ताको नाम किटान नगरिएको)हत्या भएको हुन सक्ने शकांमा उजुरी गरेकाले उनको मृत्यु बारे स्थानिय प्रशाशनले थप अनुसन्धान गरिरहेको यूएईका लागि नेपाली दुतावास आबुधाबीका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।
दिपकको मृत्युबारे दुतावासले मङगलबार मात्र अधिकारिक जानकारी पाएको थियो । दिपकको मृत्युको कारण आत्महत्या भनिए पनि आफन्तजनको उजुरीका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेकोले मृतकको शब नेपाल पठाउन समय लाग्ने सचिव अर्यालको भनाइ छ । ‘कानुनी प्रकृया पुरा गरेर शब नेपाल पठाउन दुतावासले कम्पनीका अधिकारी सँग संपर्क’ गरिरहेको अर्यालले बताउनु भयो ।