बुटवल-भैरहवा सडकखण्डको सखुवानी नजिकै ट्रकको ठक्करबाट एकजनाको मृत्यु

शिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडकखण्डको सखुवानी नजिकै ट्रकको ठक्करबाट गएराति एकजनाको ज्यान गएको छ । 
 
भैहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४९५ नं. को ट्रकले सोही दिशाबाट साइकलमा आउँदै गरेका व्यक्तिलाई ठक्कर दिइ घाइते बनाएकोमा उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 
 
मृतकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस 

अन्य समाचारहरु