बहराइनमा पुननिर्माणका लागि देशको साथ एक साँझ हुँदै

कृष्ण हमाल 
बहराइन – पुननिर्माणका लागि देशको साथ एक साँझ ” नेपाली राजदुताबास बहराइनको संरक्षणमा भूकम्प पिडित तथा पुननिर्माणका लागि आर्थिक संकलन साँझ हुँदैछ । गत १२ बैशाख २०७२ का दिन बिनाशकारी भुकम्पले बिश्व सामु चिनाउने साँस्कृतिक तथा पुरातात्यिक  सम्पदादेखि लिएर आम नेपालीमा हुन गएको मानबिय र भौतिक क्षतिको मुल्यांकन असिमित हुन गएको सर्बबिदितै छ यसै सन्दर्भलाई मध्यनजर राखी बहराइनवासी ” नेपालको लागि नेपाली ” अभियान अन्तर्गतको दोस्रो चरणको सहयोग स्वरुप यहि  १८ जुलाई २०१५ का दिन बहराइनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेशनल होटेलमा साँझ ६:०० बजेदेखि  ” पुननिर्माणका लागि देशको साथ एक साँझ ” हुँदैछ । 
सो साँझमा नेपालबाट आमन्त्रित चर्चित जनवादी गायक जिवन शर्मा ,ख्यातीप्राप्त हास्यकलाकार मनोज गजुरेल , चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी ,चर्चित लोकदोहोरी गायिका एवं  कार्यक्रम संचालिका मन्जु पौडेल , चर्चित नृत्यकार रोमा न्यौपाने , लोक पप गायक तथा नृत्यकार गगन पुन बहराइन आउदैछन । 
” पुननिर्माणका लागि देशको साथ एक साँझ ” को संयोजकमा काजी थापा ,  सह-संयोजकमा जयन्द्र घिसिङ्ग , व्यवस्थापन प्रमुख शालिग्राम पन्त , व्यवस्थापन सहयोगी मोहमद खुश्दीन मियाँ , प्रबक्ता युबराज खत्री , सदस्यहरु क्रमश: कमल श्रेष्ठ , हिमलाल पाण्डे , अशिम महत , शेर बहादुर राउत , करन थापा मगर , छबिलाल बि. क. , रामहरि शर्मा , अच्युत पौडेल ,  क्षेत्र प्रसाद देवकोटा , बासुदेव घिमिरे , पोखराज श्रेष्ठ , कृष्ण तिमिल्सिना , मन गुरुङ , खेमराज खनाल , देव नारायण पोख्रेल , भिम कुँवर , शिबशंकर आचार्य , हरि श्रेष्ठ , उदय घतानी , राजाराम सुबेदी , तेजमान सिंजाली रहेका छन । त्यस्तैगरि प्रमुख सल्लाहकार यादब देवकोटा , सल्लाहकारमा  सुनिल शाह र युधिर पौडेल  रहेका छन । त्यस्तै गरि बिशेष सहयोगीमा टंक बस्नेत , दुर्गा गिरि , जेपी सापकोटा , सुजित आचार्य , उमेश सुबेदी , दिपक गुरुङ ,  सन्तोष श्रेष्ठ , बिरेन्द्र बुदाथोकी , रेशम गौतम ,  सन्तोष दाहाल रहेका छन । 
त्यस्तैगरि मिडिया पार्टनर कृष्ण हमाल ( कान्तिपुर गल्फ साप्ताहिक / एशियनखबरडट कम ) , हिमलाल पाण्डे (वेबपार्टनर बहराइन नेपाल डटकम )  रहेका छन । 
भुकम्प पीडित राहतको लागि  ” पुननिर्माणका लागि देशको साथ एक साँझ ”  गर्नको लागिएको जानकारी व्यवस्थापन प्रमुख शालिग्राम पन्तले बताएका छन  । कान्तिपुर गल्फ साप्ताहिकसंग कुरा गर्दै प्रबक्ता युबराज खत्रीले   भुकम्प पीडित राहतको लागि गरिएको कार्यक्रम लाई बहराइनबासी सम्पुर्ण नेपालीलाई उपस्थिति भइ कार्यक्रमलाई भब्य सभ्य र अनुशासित रुपमा सफल परिदिनु हुनको लागि अनुरोध गरेका छन ।