टेक्सासमा भएको मोटर दुर्घटनामा नेपाली नेपाली महिलाको मृत्‍यु

अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन चिम्नी रकमा भएको मोटर दुर्घटनामा नेपाली नेपाली महिलाको ज्यान गएको छ।
सडकमा अनियन्त्रित भएको सवारीले ठक्कर दिँदा बाग्लुङ घरभई दुई महिनाअघि अमेरिका घुम्न आएकी इन्द्रकुमारी सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। 
घटनामा परी अरू दुई जना नेपालीहरूसमेत घाईते भएका छन्।
घाइतेहरूको उपचार भइरहेको छ।
साँझपख घुम्न निस्किएका उनीहरूलाई अनियन्त्रित भएर आएको सवारीले ठक्कर दिएको थियो।
प्रहरीले घटनामा संलग्न ड्राइभरलाई नियन्त्रणमा लिएको छ। सेतोपाटीमा समाचार छ ।