राहत सकंलनका लागि बहराइनमा सास्कृतिक कार्यक्रम हुने

बहराइन – भूकम्प बाट परेको महाविपतका लागि राहत सकंलन गर्न बहराइनमा सास्कृतिक कार्यक्रम हुने भएको छ । पुननिर्माणका लागि देशको साथ एक साँझ नमाक सास्कृतिक कार्यक्रम हुने भएको हो । नेपाली दुताबास बहराइनको संरक्षकत्वमा भूकम्प पिडित तथा पुननिर्माणका लागि आर्थिक संकलन साँझ हुँदै गरेको गायक अशिम महतले जानकारी दिनुभयो । 
भूकम्पले नेपाललाई बीस्वमा चाइनाउने साँस्कृतिक तथा पुराना सम्पदामा क्षती मात्र नभएर मानबिय तथा भौतिक क्षति भएको भन्दै बहराइनवासी ‘नेपालको लागि नेपाली अभियान’ अन्तर्गतको दोस्रो चरणको सहयोग स्वरुप कार्यक्रम गर्न लागिएको हो । 
१८ जुलाई २०१५ मा बहराइनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेशनल होटेलमा साँझ ६ बजेदेखि कार्यक्रम हुनेछ । 
सो साँझमा नेपालबाट चर्चित जनवादी गायक जिवन शर्मा ,ख्यातीप्राप्त हास्यकलाकार मनोज गजुरेल , चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी ,चर्चित लोकदोहोरी गायिका एवंम स्टेज क्विन मन्जु पौडेल , एकल खुट्टाले नाच्ने नृत्यकार रोमा न्यौपाने ,लोक पप गायक तथा नृत्यकार गगन पुन बहराइन आउने कार्यक्रमका सम्योजक काजी थापाले बताउनु भयो । 
कार्यक्रमलाई ब्यबस्थित गर्न समितिनै बनाइएको छ । जसको सह-संयोजकमा जयन्द्र घिसिङ्ग , व्यवस्थापन प्रमुख शालिग्राम पन्त , व्यवस्थापन सहयोगी मोहमद खुश्दीन मियाँ , प्रबक्ता युबराज खत्री , सदस्यहरु क्रमश: कमल श्रेष्ठ , हिमलाल पाण्डे , अशिम महत , शेर बहादुर राउत रहनु भएको छ । त्यस्तै करन थापा मगर , छबिलाल बि. क. , रामहरि शर्मा , अच्युत पौडेल ,  क्षेत्र प्रसाद देवकोटा , बासुदेव घिमिरे , पोखराज श्रेष्ठ , कृष्ण तिमिल्सिना , मन गुरुङ , खेमराज खनाल , देव नारायण पोख्रेल , भिम कुँवर , शिबशंकर आचार्य , हरि श्रेष्ठ , उदय घतानी , राजाराम सुबेदी , तेजमान सिंजाली रहेका छन । त्यस्तैगरि प्रमुख सल्लाहकार यादब देवकोटा , सल्लाहकारमा  सुनिल शाह र युधिर पौडेल रहनु भएको छ । त्यस्तै गरि बिशेष सहयोगीमा टंक बस्नेत , दुर्गा गिरि , जेपी सापकोटा , सुजित आचार्य , उमेश सुबेदी , दिपक गुरुङ ,  सन्तोष श्रेष्ठ , बिरेन्द्र बुदाथोकी , रेशम गौतम ,  सन्तोष दाहाल रहनु भएको छ ।
कार्यक्रममा उपस्थित भएर भब्य, सभ्य र अनुशासित रुपमा कार्यक्रम सफल परिदिनु हुन आयोजकले बहराइनबासी सम्पुर्ण नेपालीलाई अनुरोध गरेका छन ।