उमाकान्त पाण्डे /अर्घाखाँची डट्कम् । यूएई, असार १२ – सुदुरपस्चिम बाट मध्यपुर्वी मुलुक यूएई आएर बिभिन्न पेशा ब्यबसायमा रहेका नेपालीहरु सगंठित बन्दै गएका छन ।
सुदुर पश्चिमका ९ जिल्ला बाट यूएईमा आएर रोजिरोटी गर्दै गरेका उनीहरु सुदुरपस्चिम सेवा समाज यूएईको नाम बाट संगठित बन्दै गएका हुन । यूएईमा सुदूरपश्चिम सेवा समाज यूएईको स्थापना गरेर यहाँ रहेका अन्य राज्यहरुमा समेत शाखा स्थापना गर्दै सुदुरपस्चिमेली संगठित बनेका हुन ।
बैदेशिक रोजगारीका क्रममा पर्ने समस्यालाई एक भएर समाधान गर्ने उद्देश्यले उनीहरु संगठित भएका हुन । समाजले यूएईमा आफ्नो बाक्लो उपस्थिती देखाउनका लागी दुबइ क्षेत्रिय समिति समेत बनाएको छ ।
समाजका यूएई अध्यक्ष शिवराज जैशीको प्रमुख आतिथ्यतामा भएको भेलाले कृष्णानन्द जोशी (दार्चुला)को अध्यक्षमा ११ सदस्यिय सुदुर पश्चिम सेवा समाज दुबइ क्षेत्रिय समिती गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा शेर बहादुर बोगटी(डोटी), सचिब हिक्मत बोहरा(बैतडी), सह सचिब रमेस धामी(अछाम), कोषाध्यक्ष निर्मला बिक(कैलाली) रहनु भएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा पदम बहादुर भण्डारी(बझांग),शंकर बिक(कैलाली ),धर्मानन्द जोशी(कंचनपुर),लाल बहादुर बुढा(बाजुरा),अशोक ठकुन्ना(कैलाली ) र मनोज भट्ट (डडेल्धुरा) रहनु भएको छ ।
अन्य जिल्लाबाट हाल बसाइ सरेर सुदुरपस्चिमका ९ जिल्लामा बसाइ सरेका नेपालीहरुलाई पनि समाजमा समावेश गर्नुपर्ने आवाज उठेपछि सबै मिलेर काम गर्दा आट, र हौसला बढ्ने भन्दै नव गठित दुबइ क्षेत्रिय समितिलाई समाजका केन्द्रिय अध्यक्ष शिवराज जैशीले सफलताको शुभकामना दिनुभएको थियो ।
समाजको दुबइ क्षेत्रिय समिति गठनका लागि यूएईमा रहेका सुदुरपस्चिमेलीहरुको सो भेला दुबइको मेट्रो पार्कमा गत शुक्रबार भएको हो ।