बर्दियाको ओराइ खोलाले बगाउँदा दुईजना बेपत्ता

बर्दिया, आषाढ १२ । बर्दियाको ओराइ खोलाले बगाउँदा शनिबार दुईजना बेपत्ता भएका छन् ।
सूर्यपटुवा गाविसकी १८ वर्षीया मातुकुमारी थापा र ढोडरी गाविसकी ३५ वर्षीया मीना चौधरीलाई ओराइ खोलाले बगाएर बेपत्ता बनाएको हो ।
थापालाई बाँध निर्माणका लागि पथ्थरबोझी जानेक्रममा र चौधरीलाई माछा मार्न जान लागेका बेला खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।
बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।  

अन्य समाचारहरु