राम प्रसाद पराजुली
दोहा, कतार । कतार नेपाली एकता समाज महिला बिभाग द्वारा दोहा कतारको एक होटल मा एकदिने प्रशिक्षण कार्यक्रम हिजो शुक्रबारको दिन सम्पन्न भएको छ् । सन्जु सुन्दास को सन्चालन र कुमारी काउछ को अध्यक्षता सगै जानुका खड्का को स्वागत मन्तब्य बाट अगाडि बढेको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षण कतार नेपाली एकता समाज का हेमन्त वाइवा तथा महिला बिभाग कि अध्यक्ष अमिना खान हुनुहुन्थ्यो ।
देशको जल्दो बल्दो राजनीतिक खिचातानी देशको बोरोज्गारी र् अनिकौ समस्या बाट पिल्सिएका हामी नेपाली दाजु भाई दिदी बहिनी हरु आफ्नो हरेक समस्या को समाधानका लागि हजारु सपना हरु बोकेर बिदेशिन वाध्य हुनु भएका हामी नेपाली हरु ले बिदेशमा भोग्नु परेको अनेकौ पिडा ,हामी माथि को शोषण हामी नेपाली हरु लाई हेर्ने दृष्टिषकोण विभेद , महिला हिंसा न्युनिकरणका लागि सम्पूर्ण महिलाहरुलाई एकजुट भई अगाडी बढनुपर्ने जस्ता साथै हामी नेपाली दाजु भाई दिदी बहिनी हरु बाटै ठ्गिएको जस्ता अनिकौ बिषयमा दिनु भएको थियो भने अन्य प्रशिक्षक रेनुका चौलागाइ, धन बहादुर पारीयार , बिष्णु थापा लगात ले नेपाली एकता समाज महिला बिभागले कतार मा गर्दै आएका भूमिका बैदेशिक रोज्गारिमा भोग्नु परेको दुस्ख कष्ठ ,महिला हिंसा सम्बन्धि सचेतनामूलक , अनुशासनको महत्त्व बिदेश्मा बस्दा हामी नेपाली हरु को एकता र शहकार्य जस्ता बिभिन बिषय मा प्रशिक्षण दिनु भएको थियो ।
बिदेशमा जुनसुकै क्षेत्रमा पनि श्रमजिवी मजदुरहरु माथि नै बढी शोषण र विभेद रहेको भन्दै संपुर्ण मजदुर वर्गहरु र् कतार मा रहनु हुने सम्पूर्ण महिला दिदी बहिनी हरु लाई पनि एक भएर अगाडि बढ्न आव्हान गर्दै प्रशिक्षण कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।