कृष्ण खनाल
बुटवल । नेपाल नेत्रहिन महिला समितिको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्याक्ति र तिनका परिवार(श्रीमान-श्रीमती)का विचमा पारिवारिक सचेतना तथा स्वाथ्य सम्बन्धी तालिम प्रदान गरिएको छ । शनीबार रुपन्देही नेत्रहिन संघको तालिम केन्द्र तामनगरमा भएको कार्यक्रममा अपाङ्गता भएका व्याक्ति र तिनका परिवारका सदस्यहरुबाट गर्न हुने र गर्न नहुने व्यवाहारको बारेमा अभिमुखीकरण प्रदान गरिएको हो ।
रुपन्देही नेत्रहिन महिला समितिकी अध्यक्ष कुन्ती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ पस्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोखरेल, जिल्ला अध्यक्ष आत्मराम पौडेल लगायतले दृष्टिविहन, शररिक अपाङ्गता भएका व्याक्तिहरुलाई पहिलो आवरोध घरपरिवारबाट हुने गरेको बताउदै आगामी दिनमा त्यस्तो अवरोध हटाउनको लागि आग्रह गरेका थिए ।
रुपन्देही नेत्रहिन महिला समितिका उपाध्यक्ष निर्मला पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा महिला समिति ईन्चार्ज शिला घिमिरेले कार्यक्रको उदेस्यमाथी प्रकास पारेकी थिईन । कार्यक्रममा बुटवल उपमहानगर पालिका बुटवल