मलेसियामा सवारी दुर्घटनामा परी घाइते भएका एक नेपालीको ज्यान गएको छ। जुन १८ तारिखमा मलेसियाको चेरास भन्ने ठाउँमा दुर्घटनामा परेका दाङका शिव मल्लको गएराति मृत्यु भएको हो।
दुर्घटनापछि घाइते भएका उनको उपचार भैरहेको थियो। उनलाई अस्पतालले २८ तारिखमा डिस्चार्ज गरेको थियो।
गम्भीर घाइतेलाई कम्पनीको दवावमा अस्पतालले डिस्चार्ज गरेकाले उनको मृत्यु भएको त्यहाँ कार्यरत नेपालीले आरोप लगाएका छन्। कम्पनीले उपचारमा ध्यान नदिएकाले मृत्यु भएको उनीहरूको दाबी छ।
मृतक मल्लको शव अहिले पोष्टमार्टमका लागि काजाङ अस्पतालमा राखिएको छ। उनी मलेसियाको भानगार्डस कम्पनीमा कार्यरत थिए। सेतोपाटीमा समचार छ।