चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु

 हिजो साँझ साँढे पाँच बजेतिर नारायणगढको लायन्सचोकमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। पुल्चोकबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख ३१३१ नम्बरको ट्रिपरले सोहि दिशातर्फ आउँदै गरेको ना २७ प ८७७६ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पर्वत जिल्ला देवीस्थान घर भइ हाल दिव्यनगर ६ बस्ने धर्मप्रसाद श्रेष्ठको ज्यान गएको वडा प्रहरी कार्यलाय नारायणगढले जनाएको छ।
उनको उपचारका लागि मेडिकल कलेज चितवनमा ल्याइएको र अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो।
ठक्कर दिने ट्रिपर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ भने चालक वडा प्रहरी कार्यलय नारयणगढको नियन्त्रणमा रहेको छ।
त्यस्तै हिजो राति ९ बजेतिर भरतपुरको चौबिसकोठीमा स्कुटर पल्टिँदा स्कुटर चालकको ज्यान गएको छ। ना ३३ प ४१९८ नम्बरको स्कुटर अनियन्त्रित भइ पल्टिँदा गम्भीर घाइते चालक भनपा ३ बस्ने ३५ बर्षीय लक्ष्मण न्यौपानेको कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा आज बिहान सवा ६ बजेतिर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु