यूएईमा ह्रुदयघातका कारण एक नेपालीको मृत्यु

उमाकान्त पाण्डे 
यूएई ।   रोजगारीका लागि संयुत्त अरब एमिरेट्स युएई आएका एक नेपालीले ज्यान गुमाएका छन । बर्दिबास-४, गौरीडाँडा, महोत्तरीका ४१ वर्षिय विमल विष्टको हृदयाघातका कारण मृत्यु भएको हो । 
१४ वर्ष अघी यूएई आएका बिष्ट यहाँको लुलु ग्रुप अन्तरगत रसअलखेमामा रहेको रक मलमा किराना सुपरपाइभजरको रुपमा कार्यरत थिए ।  विष्टको सोमबार बिहान ज्यान गएको हो  । 
आइतबार साझ राम्रै खानपीन गरेर सुतेका विष्ट सोमबार बिहान असहज महसुश गरेपछि उनी सँगै रहेका नेपालीहरुले अस्पताल पुराउन एम्बुलेन्स मगाइएका थिए । एम्बुलेन्स मार्फत अस्पताल पुराउनु अघि सामन्य चेकजाच गर्दा चिकित्सकले उनको मृत्‍यु भएको बताएका थिए । 
अस्पताल लैजादै गर्दा ज्यान गुमाएका विष्टको मृत्‍युको कारण ह्रुदयघात भएको अस्पतालले पुष्टी गरेको छ । 
विष्टका तीन छोरी र एक तीन बर्षीय छोरा छन । एक छोरीले यसै बर्ष एसएलसी पास गरेको र परिवारको आर्थिक स्थिती नाजुक रहेको यूएईमै कार्यरत उनका भाई विराट विष्टले बताउनु भयो । 
मृतक विष्टको शब सक्दो छिटो नेपाल पठाउन कम्पनी र नेपाली दुतावास आबुधाबी सँग कम्पनीमै कार्यरत बागलुङका तारा मल्लले समन्वयब गरिरहनु भएको छ । कम्पनीले हाल सम्म करिब १० लाख ५० हजार नेपाली रुपैया उनको परिवारको खातामा पठाइ सकेको र बाँकी अन्य रकम पनि परिवारलाई सहयोग गर्ने कम्पनीले जनाएको मल्लले बताउनु भयो । 
कानुनी प्रकृया पुरा गरेर बुधबारनै शब नेपाल पठाउन मिल्ने गरी दुतावासले मंगलबार नै कागजपत्र तयार पारेर दिएको नेपाली दुतावास आबुधाबीका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।
  
मृतक विष्टको शब उनकै भाईलाई जिम्मा लगाएर नेपाल पठाउने तयारी गरिएको छ ।