पानीसँगै परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु

खोटाङ, ईलाम  । पानीसँगै परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार राति परेको चट्याङ लागेर काहुले-३ की कमला राई र सावाकटहरे-८ का प्रेम विश्वकर्माको मृत्यु भएको हो ।
चट्याङ लागेर काहुले-३ की निर्मला राई र मणिराज तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी इलामको दानाबारीमा परेको चट्याङ लागेर १४ वर्षीया रेनुका राईको मृत्यु भएको छ ।
पानीसँगै परेको चट्याङ लागेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु