छाला रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ब्रह्म स्पोर्टस क्लब, लायन्स क्लब अफ काठमाडौं इन्द्रकमल र लायन्स क्लब अफ काठमाडौं दमनाको संयुक्त आयोजनामा कामपा १२ स्थित ब्रह्म स्पोर्टस् क्लब भवन अगाडी, बाह्रवर्षे इनारमा छाला रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक संचालन गरियो । 
स्वास्थ्य शिविरमा छाला सम्बन्धी वरिष्ठ चिकित्सकहरुबाट २१८ जनाले स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा निःशुल्क औषधी वितरणको समेत व्यबस्था गरिएको थियो । कार्यक्रम सफल बनाउन सेवा केन्द्र कुष्ठरोग निवारणबाट चिकित्सक तथा औषधी सहयोग उपलव्ध गराइएको थियो ।
ब्रह्म स्पोर्टस क्लब, लायन्स क्लब अफ काठमाडौं इन्द्रकमल र लायन्स क्लब अफ काठमाडौं दमना बीचको सहकार्यमा पहिले पनि यस्तै स्वास्थ्य शिविर संचालन गरिसकिएको छ र निकट भविष्यमा संस्थाहरु बीचको सहकार्यमा अन्य बिभिन्न सेवामूलक कार्यक्रमहरु गर्दै जाने सहमती भएको छ ।

अन्य समाचारहरु