पोखरा – पोखराको मणिपाल शिक्षण अस्पतालमा एक चिकित्सको छतबाट खसेर मुत्यु भएको छ ।
एमबिबिएस सकेर इन्टर्नसिप गरिरहेका अनिमेस ठाकुरको मुत्यु भएको प्रहरीले जनाएको हो । मणिपालमै अध्ययनरत प्रेमिकासँग दुई दिनअघि मनमुटाव भएको र शनिबार राति प्रेमिकाको डेरामा गएका उनी रेलिङमा झुन्डिँदा तल खसेर मुत्यु भएको देखिन्छ जिल्ला प्रहरी प्रमुख हरि पालले भने ।
झुन्डिएका उनलाई बचाउन खोजे पनि माथि तान्न नसकिएको हुन सक्ने पालले बताए । अनिमेस स्वास्थ्य मन्त्रालयका अनुगमन महाशाखाका प्रमुख गरिबदास ठाकुरका छोरा हुन् । अनिमेससँगै इन्टर्नसिप गरिरहेका सहकर्मी चिकित्सकहरुले भने धकेलेर उनको हत्या गरिएको आरोप लगाएका छन् । ईकन्तिपुरमा समाचार छ ।