अर्घाखाँची सेबा समाज कतारद्धारा केन्द्रीय सदस्य तथा सांस्कृतीक बिभाग प्रमुखलाई बिदाई

केशब भुसाल 



कतार । अर्घाखाँची सेबा समाज कतारले ०४ जुलाई २०१५ का दीन संस्थाका केन्द्रीय सदस्य तथा सांस्कृतीक बिभाग प्रमुख श्री बाम देब भाटलाई कर्मभुमी कतार बाट मातृभुमी नेपाल फर्कीन लाग्नु भएकोले संस्थाका अध्यक्ष युबराज पाण्डेको सभापतीत्वमा सनैयाको अलदीया स्थीत लाली गुराँस रेस्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी खादा ओढाएर र मायाको चिनो सहित बिदाई गरेको छ ।

 


 

महासचीब केदारनाथ भुसाल द्धारा सन्चालीत उत्त कार्यक्रममा उहाँको नेपाल बसाई अत्यन्तै सफल र सुखमय बनोस भन्ने शुभकामना दीईएको थियो । 



बामदेब भाट प्रमुख अतीथी रहेको सो कार्यक्रममा बिशेष अतिथी संस्थाका द्धीतीय उपाध्यक्ष ठाकुर कुमार परियार, अतिथी संस्थाका सचिब केशब भुसाल, कोषाध्यक्ष टेकराज थापा, केन्द्रिीय सदस्य घनश्याम न्यौपाने रहनु भएको थियो ।



 सम्पुर्ण अतिथी र बिशेष अतिथीहरुले शुभकानमा मनत्ब्य राखनु भएको थियो । शुभकामना दीने क्रममा उहाँको नेपाल बसाई अत्यन्तै सफल र सुखमय रहोस भनिएको थियो । संस्थालाई एक कुशल कलाकारको अनुपस्तथीतीमा अत्यन्तै दुख लागेतापनि उहाँको आगामीे जीबन नेपालमा नै सफल भएमा संस्थालाई एकदमै खुशी लाग्ने बताईएको थियो । एक कलाकार मात्र नभएर उहाँ अर्घाखाँचीकै गहना भएको र कतारको जुनसुकै कार्यक्रममा बिशेष गरी लोकदोहोरी क्षेत्रमा अब्बल भाटको कमी अबस्य पनि नेपाली समुदायले गर्ने नै छ । उहाँको र गायीका इन्दीरा शाहको जोडी जस्तो जम्दार जोडीको नेपाली समुदायमा अबस्य कमी हुने नै छ । गायीका शाहले पनि कतार छाडेर नेपाल फर्कीसकेको अबस्था छ । 

 


 

मन्तब्य राख्ने क्रममा संस्थाका अधिकांस सदस्यहरुले बाम देब जी ले नेपालमा केही गर्न चाहेमा आर्थिक, नैतीक सहयोग गर्न तयार रहेको जानकारी गराईएको थियो । मन्तब्य राख्ने हरुमा सेबा समाजका केन्द्रीय सदस्य घनश्या न्यौपाने , कोषाध्यक्ष टेकराज थापा, सचिब केशब भुसाल, महासचिब केदारनाथ भुसाल, उपाध्यक्ष ठाकुर कुमार परियार थीए । 



प्रमुख अतिथी भाटले दोहोरी गायक पहिला पहीला पनि भएको तर कतार आएपछि अर्घाखाँची सेबासमाजले गर्दा नेपाली समुदायमा आफनो सहित अर्घाखाँचीको नाम कमाउन अघि बढेको जानकारी दीदै यो अबस्थामा साथीहरु सँग बिदाहँुदा धेरै बोल्न नसकेको भन्दै बिदा हुनुयो भने अध्यक्ष युबराज पाण्डेले उहाँलाई शुभकामना प्रदान गर्दै मायाको चीनो सहित बिदाई गर्दै कार्यक्रम समापन गर्नुभएको थीयो ।