महोत्तरी । महोत्तरीमा एक छोराले आमाको हत्या गरेका छन् ।
गौशाला नगरपालिका-७ निवासी १७ वर्षीय दिलीप सदाले शुक्रबार बेल्चाले आक्रणम गरी आमाको हत्या गरेका हुन् ।
घरायसी विवाद बढ्दै गएपछि छोरा दिलीपले आक्रोशमा ४० वर्षीया आमा परियादेवी सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले दिलीपलाई पक्राउ गरी कारबाही अघि बढाएको पनि जनाएको छ । इमेजखबरमा समाचार छ ।