उमाकान्त पाण्डे /यूएई , असार २७ – रोजगारीका लागि युएई आएका एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । बाग्लुङ जैदी ३ छर्नुवा बाग्लुङका ३० वर्षका टेकबहादुर थापाको हृदयाघातका कारण ज्यान गएको हो । ८ वर्ष अघी युएई आएका थापा सारजाहको अरबियन मोटर कम्पनीमा सुरक्षा सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
बिहीवार साझ काम सकेर नेपाली साथीभाइहरु सँग रमाइलो गरी भलिवल खेलेर सुतेका थापा शुक्रबार बिहान समयमै नउठेपछि सँगै बस्ने अन्य नेपालीले उठाउन खोज्दा मृत अवस्थामा भेटिनु भएको थियो ।
अहिले उहाको शब स्थानिय प्रशासनले अनुसन्धानको लागि लगेको सारजाहमा कार्यरत दर्चुलाका जयराज जोशीले जानकारी दिनुभयो । थापा अबिबाहित रहेकोले उहाको मृत्युबारे नेपालमा रहने आमाबुवालाई खबर गरिसकेको उनी सँगैं कामगर्ने नेपालीले बताउनु भयो ।
कानुनी प्रकृया पुरा गरेर सक्दो छिट्टो शव नेपाल पठाउन दुतावास सँग आफुहरुले समन्वयब गरिरहेको सारजाहमै कार्यरत बाग्लुङ सेवा समाज यूएईका अध्यक्ष पिताम्बर पाण्डेले बताउनु भयो ।
थापाको शब नेपाल पठाउन उहाकै बहिनी ज्वाई तेजेन्द्र थापाले कम्पनी सँग समन्वयब गरिरहनु भएको मृतकका छिमेकी बाग्लुङकै पशुपती शर्माले बताउनु भयो ।
थापाको मृत्युको जानकारी दुतावासलाई प्राप्त भएपनि अधिकारिक पुस्टी हुने पत्र ल्याएपछी शब नेपाल लैजान आबश्यक सहयोग गर्ने नेपाली दुतावास आबुधाबीका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।