काठमाडौं, आषाढ ३१ । विहीबार सुनको मूल्यमा कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले घटेर ५० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलाको ५० हजार ५ सयमा स्थीर रहेको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ६ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस ११ सय ४३ डलरको हाराहारीमा कारोबार भएको थियो । इमेजखबरमा समाचार छ ।