काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजारमा सुधार आयो । आर्थिक वर्षकोसमेत अन्तिम दिन बजार परिसूचक नेप्से दोहोरो अंकले सुधारिएको हो ।
नेप्से साढे १० अंकले उकालो लागेर ९ सय ६१ मा पुग्यो । कारोबार भएकामध्ये बढिजसो समूह हरियो रहेसँगै नेप्से सुधारिएको हो । जलविद्युत् समूहमा ८४ अंकको उच्च बृद्धि भयो । अन्य समूह १८ अंकले उकालो लाग्यो ।
वाणिज्य बैंक समूह ९ अंक बराबरले बढ्यो । बीमा, विकास बैंक र वित्त समूह पनि हरियो रहे । उत्पादनमूलक, होटल र व्यापार समूह भने ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको ६ लाख १८ हजार कित्ता शेयर २४ करोड ७७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।