ओमानमा आदिकवि भानुभक्त आचार्य द्धिशत बार्षिकी समारोह सम्पन्न

शालीकराम आचार्य 
ओमानमा आदिकवि भानुभक्त आचार्य द्धिशत बार्षिकी समारोह सम्पन्न  भएको छ । १ साउन २०७२ का दिन ओमानको राजधानी मस्कटको शाती कुरुम स्थित नेपाली दुताबासमा समारोह सम्पन्न गरीएको हो । सभाको अध्यक्षता भानुभक्त आचार्य द्धिशत बार्षिकी समारोहकी संयोजक मुना नेपाल श्रेष्ट रहेकी थिईन तथा प्रमुख अथितीमा कार्यवाहक राजदुत भरत कुमार रेग्मीको थियो भने संचालन सोमकृष्ण श्रेष्टले गरेका थिय ।
आदिकवि भानुभक्त आचार्य द्धिशत बार्षिकी समारोहमा ओमान स्थित संघ संस्थाहरु का प्रतिनिधी, ओमानको बिभिन्न सहरका कम्पनीमा कार्यरत साहित्यकार तथा श्राष्टाहरुको उल्लेखनीय उपस्थीती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कार्यबाहह राजदूत भरत राज रेग्मीले नेपाल सरकारबाट आदिकबि भानु झक्त आचार्यको जन्म जयन्ति मनाउँने बिश्वब्यापी अभियानमा दूताबास सकारात्मक रहेको र ओमानमा नेपाली भाषा र साहित्यको बिकाशमा सधै सक्रिय रहेको रहेको बताउनु भयो ।