सुनिल खनाल
रियाद । अर्घाखाँची प्रवासी सम्पर्क मंच साउदी अरबले आफ्नो १५ बार्षिक उत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । साउदीको अलखोवरमा वार्षिक अयब्यय प्रस्तुत गर्नुका साथै पिकनिक कार्यक्रम गरी बार्षिक उत्सव कार्यक्रम मनाइएको हो ।
साधारणसभाले शोभाखर भट्टराईको अध्यक्षतामा १९ सदस्यीय अर्घाखाँची प्रबासी सम्पर्क मंच साउदी अरब गठन गरेको छ । जसको उपाध्यक्षमा तुलसीराम भुसाल र मेघराज भुसाल, सचिब बिष्णुप्रसाद खनाल, सहसचिव दामोदर पाण्डे, कोषाध्यक्ष लालमणि बन्जाडे र सहकोषाध्यक्षमा देबी रायमाझी चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा मदन श्रेष्ठ, सुन्दर ढकाल, सन्तोष खत्री, लालबहादुर थापा, बिनोद श्रेष्ठ चुनिए भने बरिस्ठ सल्लाहकारमा श्रीराम कुँवर, गिरिराज खनाल, गुणानिधि भुसाल, तिलक श्रेष्ठ, इन्द्र बस्नेत, गुणाखर भुसाल तथा प्रचारप्रसार प्रमुखमा भोजराज खनाल र प्रवक्तामा सुनिल खनाल चुनिएका छन् ।
मोति गैरे, कालीबहादुर र बिस्नु थापाको आतिथ्यतामा भएको वार्षिक उत्सव कार्यक्रमको सञ्चालन बिष्णु खनालले गरेका थिए ।