काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४८ हजार रुपैयाँ कायम भएको छ ।
साउन ३ गते छापावाल सुनको मूल्य प्रतितोला ४९ हजार पाँच सय थियो ।
दुई दिन सार्वजनिक बिदा भएका कारण महासंघले सोमबार र मंगलबार सुनको मूल्य निर्धारण गरेको थिएन ।
आइतबारको तुलनामा प्रतितोला १५ सय रुपैयाँ कम मूल्य कायम गर्दै बुधबार सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ४७ हजार सात सय ५० रहेको छ । यसअघि आइतबार तेजाबी सुन प्रतितोला ४९ हजार दुई सय ५० मा कारोबार भएको थियो ।
आइतबारको तुलनामा बुधबार चाँदीको मूल्यमा प्रतितोला पाँच रुपैयाँले कमी आएको छ । नेपाली बजारमा बुधबार प्रतितोला ६६५ मा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारभाउ र सरकारले सुनमा भन्सार दर घटाएपछि साउन महिनामा सुनको मूल्य ओरालो लाग्दै आएको छ । इमेजखबरमा समाचार छ ।