नेपालगन्ज – रत्न राजमार्ग अन्तरगत बाँकेको चिसापानी देउरालीमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी बर्दिया बाँसगढी नगरपालिका वडमा नं. ५ का ३० वर्षीय लोकबहादुर पुन र २३ वर्षीय मोहन रावलको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा बाँसगढीकै २४ वर्षीय गोपाल परियार सख्त घाइते भएका छन् । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सुर्खेतबाट कोहलपुरतर्फ आउँदै गरेको भे. ४ प. ४२०५ नम्बरको मोटरसाईकल राति दुर्घटनामा परेको हो । तीनजना सवार मोटरसाइकल तीब्र गतिमा रहेकाले नियन्त्रण गुमाई पल्टिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ईकन्तिपुरमा समाचार छ ।