त्यो मालिक नै एनआरएन कतारको उम्मेदवार रहेछ: मैले देखेको त्यो दिन

भुवन के.सी 
एनआरएन कतारको २०१३(१५ को कार्यकाल चुन्ने क्रममा एनआरएन एनसिसि कतारको लागी सहमतिमा नेतृत्व चयन हुनु पर्नेमा सामाजिक सस्थामा पनि राजनैतिक दलहरुको हस्तक्षेप र राजनितिका कारण नै हो नेपाली दुताबास कतारमा निर्वाचन भयो। जव म दुताबास पुगे बडो अचम्म लाग्यो।  अलपत्र तथा समस्याको कारण दुताबासको शरणमा पुगेका श्रमिकहरुलाई उनीहरु बसेको ठाँउबाट हटाएर ५० डिग्रीको घाममा उनीहरु सुत्ने अनि खाना पकाउने इत्यादि सामानको साथमा बाहिर तपतपी पोल्ने घाममा राखिएको थियो । 
बाहिर सामान्य एनआरएनको अर्थ नजान्ने सामान्य श्रमिक देखि राजनैतिक दलका कार्यकर्ताहरु, नेपाली कम्पनीका साहुहरु थिए । खचाखच बसका बस राम्ररी बोल्न र बुझन नसक्ने श्रमिक नेपालीहरुलाई चुनावमा भोटका लागी लिएर आइएको थियो । 
मलाई अजिव लाग्यो सवै उम्मेदवारहरु साटबाठका साथ उपस्थित भिडहरुलाई आफनो पकडमा पार्न तल्लीन देखिन्थे, ती घाममा भिख माग्ने भिखारी सरह बसेका नेपालीहरु खास गरि तराईका जस्ता देखिने श्रमिकहरुसँग कसैको सरोकार थिएन । बरु उनीहरु बसेको ठाँउबाट मान्छेहरु आउने जाने गरेको देखिन्थ्यो सवैको मुखमा खुशियाली र चमकदमक देखिदा उनीहरुमा खुशि थिएन किनकि उनीहरु पिडामा थिए उनीहरुलाई घर र्फकनु थियो। 
उनीहरुलाई खाना, बस्न अनि आफु कार्यरत कम्पनीबाट पाउनु पर्ने बक्यौता रकम लिएर नेपाल फिर्नु पर्ने थियो, त्यो समुहमा युवा नी थिए अनि अलि उमेर खाका जस्तो नी देखिने ती सवै पिडितहरु थिए कुरा गर्दे जादाँ ती समस्यामा परेका व्यक्तिहरु मध्ये २ जनाको मालिक नेपाली नै रहेछ अनि त्यो भन्दा ठुलो कुरा त्यो मालिक नै एनआरएन कतारको उम्मेदवार रहेछन ।