काठमाडौं । बुधबार पनि शेयर बजारमा सामान्य गिरावट आयो । उतार-चढावबीच बजार परिसूचक नेप्से ६ अंक बढीले घटेर १ हजार २१ मा आइपुग्यो ।
वित्त बाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागेसँगै नेप्से झरेको हो । होटल समूहमा सबैभन्दा उच्च ५० अंक बराबरको गिरावट आयो । जलविद्युत् समूह पनि ४३ अंकले घट्यो । बीमा र विकास बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो । अरु समूह सामान्य अंकले ओर्लिए ।
कारोबार परिमाण भने यसदिन पनि उच्च नै रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४५ कम्पनीको ११ लाख ६२ हजार बराबर कित्ता शेयर ४२ करोड ३७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।