काभ्रेपलाञ्चोकको गोठपानीमा यात्रुबहाक बस दुर्घटना हुँदा २५ जना घाईते भएका छन् । घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई उपचारको लागि धुसेनी र धुलिखेल अस्पतालमा भर्ना गरिएको छ ।
आइतबार बिहान सवा १० बजे पोखरीचौरीबाट काठमाडौं आउदै गरेको बा २ ख ६०३३ नम्बरको बस ब्रेक फेल भई दुर्घटना भएको हो ।
दुर्घटनामा संलग्न चालक फरार रहेकोले खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय कात्तिके, देउरालीले जनाएको छ । इमेजखबरमा समाचार छ ।