नारायणगढबाट बुटवलतर्फ जादै गरेको ट्रक र विपरीत दिशाबाट आउदै गरेको यात्रुबाहक बस ठोक्किदा एक जनाको मृत्यु, कयौ घाईते

नवलपरासी । नवलपरासीको गैडाकोटस्थित थुम्सीमा मालबहाक ट्रक र यात्रुवाहक बस आपसमा ठोक्किदा एक जनाको दुर्घटनास्थलमै मृत्यु भएको छ भने अन्य १३ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
नारायणगढबाट बुटवलतर्फ जादै गरेको ना५ख ९१०० नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको ना५ख ६१३५ नम्बरको यात्रुबाहक बस मंगलबार बिहान ५ बजे थुम्सीमा ठोक्किएका हुन् ।
घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । घाईते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच नवलपरासीको दाउन्नेमा ब्रेकफेल भई भारतीय ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अहिसान नामले चिनिने चालक ५० वर्षीय भारतीय नागरिक रहेका छन् ।
दुर्घटनामा परी ट्रकका परिचालक ३० वर्षीय मातिज घाईते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

गएराति पौने १२ बजे भारतीय नम्बर प्लेटको ट्रक ब्रेक फेल भई खोल्सामा खसेको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु