कृष्ण खनाल
बुटवल, १९ साउन । नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई समयमा नै विद्युत मिटर उपलब्ध नगराएको कारण सेमलार र पार्रोहा क्षेत्रका ३ सय विघा खेत आकासे पानीको भरमा सिंचाही हुँदै आएका छ । स्थानियको सक्रियाता,भुमिगत जलस्रोत विकास समिति बुटवल शाखाको संयोजन र विश्व विकास बैंकको लागतमा निर्माण भएका ड्युप ट्युवबेल निर्माण कार्य सम्पन्न भएपनि विद्युत सप्लाई नहुँदा विगत ४ बर्ष देखि बन्द अवस्थामा रहेका छन् ।
रुपन्देहीको सेमलार-पर्रोहा जल उपभोक्ता समिति मातहतमा निर्माण भएका कुल १० वटा डीप ट्युवेल मध्ये जम्मा ५ वटा मात्र सञ्चालनमा आएका छन् भने अन्य ५ वटा ट्युवे निर्माण कार्य पुरा भएको ४ बर्ष पुरा भएपनि सञ्चालनमा नआउँदा जिर्ण बनेका छन् । विद्युतको लागि भनेर गाडीएका पोल ढल्न लागेका छन् भने कती पय पाईप खिला लागेर जिर्ण बनेका छन् भने पानी भण्डारणको लागि भनेर बनाइएका टंकीको समेत प्लाष्ट उप्कीन लागेको छ ।
पहिला नै नियम पु-याएर खरिद गरिएका टान्समिटरले बढि विद्युत खपत गरेको भन्दै नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत मिटर उपलब्ध नगराएको कारण ६० विगाहा क्षेत्रफलमा खेतीगर्र्दै आएका करिव ६ सय किसानहरु प्रत्यक्ष मारमा परेका हुन ।
बुटवलउप-महानगरपालिका-१४ (साविक सेमलार गाविस-४) का किसान रामनाथ मालीका अनुसार विश्व बैंकको सहयोगमा निर्माण भएका डीप ट्युवेल अहिले जिर्ण बन्दै गएका छन् । स्थानिय उपभोक्ताको १५ प्रतिशत र विश्व बैंकको ८५ प्रतिशत सह-लगानीमा निर्माण भएका त्यस्ता ५ वटा डीपट्युवेल सञ्चालन हुन सकेका छैनन् ।
सेमलार-पर्रोहा जल उपभोक्ता समितिका अध्यक्ष सुर्दशनदेव जोसीका अनुसार ति डीप ट्युवेल आर्थिक बर्ष २०६९-०७० मा निर्माण सम्पन्न भएका हुन । पहिला नै उक्त ट्युवेलको लागि खरिद गरिएको टान्र्सफर पछि विद्युत प्राधिकरणले बढि लोड खाने भन्दै विद्युत मिटर उपलब्ध गराएको थिएन । जसको कारणले गर्दा सयौ किसान सिंचाहीबाट बञ्चित भएका छन् भने खेत रोपाईं वा तरकारी खेतीको लागि आकाशको पानी कतिखेर पर्छ र सिंचाही गरौंला भनेर बस्ने गरेका छन् ।
उपभोक्ता रामनाथ माली भन्छन्- किसानले सिंचाही गर्न पाईला भनेर पहिला नै पैसा उठाएर दिए तर अहिले सम्म पानीको थोपा समेत पाएका छैनौं । डीप ट्युवेल गाड्नको लागि स्थानिय जग्गा धनी पूर्ण प्रसाद काफ्लले करिव १० धुर जग्गा समेत दिएका छन् । जग्गा दिएबात सिंचाहीको लागि सहुलियत पाउने गरी सम्झौता समेत गरिएको छ । तर अहिले सम्म पनि उक्त ट्युवेल सञ्चालन हुन सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणले टिओडी मिटर जडान गर्नुपर्ने भन्दै पुरानो टान्समिटटर चलाउन नपाउने बताएको थियो । तर पहिला नै टान्समीटर खरिद गर्दा सहमती जनाएको र पछि नियम परिर्वतन भएको भन्दै मिटर नदिएको स्थानि उपभोक्ताहरुको भनाई हरेको छ ।
अहिले नयाँ एस.टी.मिटर राखेर करिव २ लाख लागतमा सञ्चालनमा ल्याउने तयारी भैरहेको जलउपभोक्ता समितिका अध्यक्ष जोसी बताउँछन् । उनी भन्छन् – अहिले नलकुपको सहयोगमा थप २ लाख अनुदान पाएर एस.टी.मिटर खरिद गरेर ल्याएर चलाउने कुरा भएको छ ।
६० विघा क्षेत्रफल को एउटा समुह बनाएर उपभोक्ताहरुसंग रकम समेत उठाएको छ । कती पय उपभोक्ताहरुले पानी नपाएपछि रकम दिएका छैनन् भने कतपयले पानी एक थोपा नभएपनि रकम भने अग्रिम बुझाईसकेका छन् । ६० विगाहा क्षेत्रफलको सहुमा करिव ८० देखि १० जना किसानहरु आवद्व भएका छन् । विश्व बैकको सहयोगमा ७ करोडको लागतमा निर्माण भएका ति डीप ट्युवेल समयमा नै सञ्चालन नआउदा किसानहरुलाई