कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित महाकाली नदीको बनबसा पुलमा बुधबार बिहान एक जना मृत भेटिएका छन् । पुनर्वास नगरपालिका-१ का ४८ वर्षीय धन बहादुर विक पुलको मध्य भागमा मृत भेटिएका हुन् ।
उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विकको टाउकोमा १/२ ठाउँमा स- साना घाउ भएकोले ठूला सवारी साधनले ठक्कर दिएको हुन सक्ने देखिन्छ ।
घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ, ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई राजेन्द्र बहादर चन्दले भने । उनले विकको शव पोष्टमार्टमका लागि भारतीय प्रहरीले लगेको जानकारी दिए । ईकान्तिपुरमा समाचार छ ।