इजरायल सरकारले नेपाली कामदार लैजाने, पहिलो चरणमा ६० जनालाई पठाइने, बढीमा ८० हजार खर्च लाग्ने

काठमाडौं, श्रावण २१ । इजरायल सरकारले नेपाली कामदार लैजाने भएको छ । नेपाली कामदार लैजाने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच भोली शुक्रबार काठमाडौंमा सम्झौता हुने भएको छ ।
विगत ५ वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले श्रम तथा रोजगार मन्त्रालयको पहलपछि नेपाली महिला कामदार लैजान सहमत भएको हो ।
शुक्रबार श्रम तथा रोजगार मन्त्रालयमा दुई देशका अधिकारीबीच कामदार लैजाने विषयमा हस्ताक्षर गर्ने तय भएको श्रम राज्यमन्त्री टेकबहादु गुरुङ्गले जानकारी दिए ।
मन्त्री गुरुङ्गका अनुसार इजरायल सरकारले तीन सय जना कामदार लैजान लागेको र पहिलो चरणमा ६० जनालाई पठाइने बताए । इजरायलमा पुरुष भन्दा महिला कामदारको बढि माग छ ।
९० प्रतिशत महिला कामदारको माग रहेको मन्त्री गुरुङ्गले बताए । तीन सय जना कामदारबाट आउने फिडब्याक पछि अरु कामदारको विषयमा सोचिने पनि मन्त्री गुरुङ्गले जानकारी दिए ।
दुई सरकारबीच सहमति भएपछि बढीमा ८० हजार रुपैयाँ खर्चमा इजरायल जान सकिने मन्त्री गुरुङ्गले बताए । इमेजखबरमा समाचार छ ।