काठमाडौंको माछापोखरीमा गुडिरहेको माईक्रोबसको ढोकाबाट खसेर एक महिला घाईते

काठमाडौं । काठमाडौंको माछापोखरीमा गुडिरहेको माईक्रोबसको ढोकाबाट खसेर एक महिला घाईते भएकी छिन् ।
दोलखा घर भई हाल माछापोखरी बस्दै आएकी ३२ वर्षीया तिर्था बस्नेत घाईते भएकी हुन् । घाईते बस्नेतको मेडिकेयर अस्पताल चावहिलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान साढे सात बजे बा२ख ३५१८ नम्बरको माइक्रो बसको अगाडी सिटमा बसेकी बस्नेत अचानक ढोका खुलेर सडकमा खसेकी हुन् ।
दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई महानगरीय प्रहरी बृत्त बालाजुले नियन्त्रणमा लिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु