चालिस बर्षीय भारतीय नगरिकले नेपाली नाबालिका माथि बलात्कार गर्ने कोशिस गरे

बाबु रोका मगर / अर्जुन खनाल  



न्यु दिल्ली:- रोजगारीको शिलशिलामा गुल्मी जिल्ला निवासी हाल दिल्ली स्थित नेताजी नगर मा बस्दै आएका तुलसी बिक र बिक्रम बिक को छोरीहरु बर्ष आठ कि सोनिया र बर्ष सात कि सुनिता लाइ छिमेकमा बस्दै आएका भारतीय नागरिक अन्दाजी चालिस बर्षीय जगदेभ सिंहले बलात्कार गर्ने कोशिस गरेको पिडित बालिका र उनीहरुका बुवाआमा हरुले जानकारी दिएका छन् |  



पुलिस थानामा दर्ता गरेको FIR को अनुसार बाबाआमा घरको काम गरिरहेको बेला नानिहरु पार्कमा खेल्न गएका थिए त्यसको केहीबेरपछि चिनेजानेको उक्त आरोपीले चकलेट दिदै सोनियाको हात समातेर आफूतिर तान्दै ठुला ठुला आँखा देखाउदै लैजान थालेको र सोनिया डरले रुन लागेपछि उनलाई छोडेर उनकी साथि सुनितालाई आफु संग लिएर गएको र सोनिया रुदै-रुदै घर गएर आफ्नी आमा संग घटना को वारेमा बताएको केहिबेर पछि सुनिताको आमा पनि छोरी खोज्दै आइन र  छोरी खोज्दै जाँदा सुनितालाई आरोपी ब्याक्तिले आफ्नो घरको छतमा लगेर कपडा उतारेर अनैतिक ब्यबहार गर्न खोज्दा सुनिता रोए पछि आरोपीले पूंन: पार्क मा छोडीदिएर रोइ रहेको अबस्थामा फेला पारे पछि पिडित बालिकाहरुको अभिभावक हरुले सोरोजनी नगर पुलिस थानामा केश दर्ता गराएका छन् | घटना अगस्त ३ गते सोमबार भएको थियो | 



केस दर्ता गराए लगत्तै आरोपी जगदेभ सिह लाइ पक्राउ गरेपछि थप अनुसन्धान गरिरहेको महिला सब इन्स्पेक्टर रिताले जानकारी दिएकी छिन | घटना भएपछी अभिभावक हरुलाई पुलिसहरुले घटना प्रति चासो नदिएको जस्तो लागे पछि उनीहरुले  नेपाली देशभक्त युवा समाजका प्रतिनिधि बाबु रोका मगर,नन्दु घिमिरे र गणेश बिक लाइ जानकारी गराएका थिए | घटनाको जानकारी पाएपछि घटना लाइ चासो दिदै नेपाली देशभक्त युवा समाजका प्रतिनिधिहरु बुधबार साँझ गएर घटना सम्बन्धी छलफल गरेको थियो र यसको अर्को दिन बिहिबार पूंन: नन्दु घिमिरे र अर्जुन खनाल पुलिस थानमा गइ पिडितहरुको तर्फ बाट बोल्दै घटनाको बिषयलाइ लिएर नेपालीहरु प्रति गरिने अपहेलना र दुर्ब्यबहार प्रति आलोचना गरेपछि  महिला सब इन्स्पेक्टर रिताले नेपालीहरु प्रति मात्र नभई यस्ता जुनसुकै घटना प्रति हामीले बिशेस गरि यो केस लाइ धेरै चासो दिएका छौ र पटियाला हाउस कोर्टमा पुर्याइसकेको जानकारी दिदै परेको खण्डमा जुन सुकै बेलामा पनि सहयोग लिन सकिने कुरा बताएकी छिन | 



FIR नम्बर (प्र.सू.रि.सं.):०५५७ FIR दर्ता गरिसकेपछि भारतीय कानुन बमोजिम विभिन्न धाराहरु आरोपी माथि प्रयोग गरिने छ | इन्स्पेक्टर रिताले पिडितहरुलाई सान्त्वना दिदै केस लाइ तिब्र रुपमा अघि बढाउने प्रतिबद्दता जाहेर गरेकी छिन | 



तस्बिरमा इन्स्पेक्टर रिता