काठमाडौं, श्रावण २३ । साताभर शेयर बजार परिसूचक नेप्सेमा सुधार आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ अंक बढीले बढेर अन्तिम दिन १ हजार ४० दशमलब तीन छ अंकमा पुग्यो । गत साता २६ अंकले नेप्से घटेको थियो ।
यस साता बीमा समूहले नेप्से बढाएको हो । बीमा समूह मात्रै २ सय १६ अंक बराबरले बढ्यो । यस्तै, जलविद्युत् समूह १६ अंकले, विकास बैंक समूह साढे ५ अंक बराबरले र वित्त समूह १ अंक बराबरले बढ्यो भने वाणिज्य बैंक, होटल, उत्पादनमुलक र अन्य समूहमा गिरावट आयो ।
यस साता पनि कारोबार परिमाण भने उच्च नै रह्यो । १ सय ७२ कम्पनीहरुको २ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बराबरका ४८ लाख ४३ हजार कित्ता सेयरहरु खरिद



