दिल्लीमा नेपालीबाट आठ बर्षीय नेपाली बालिकाको बलात्कार पछि हत्याको प्रयास

बाबु रोका मगर 

 

राजधानी दिल्लीको ओखला स्थित जंगलमा आठ बर्षीय नेपाली बालिका मर्न लागेको अन्तिम अबस्थामा फेला परेपछि ओखला मा डर त्रासले सनसनी मच्चिएको छ । घटना गत सोमबार भएको थियो ।  



बालिका स्कुल पढ्न गएको बेला अपराधी बिजय कुमार दमाइ बालिकाको हजुरबुवा हुँ भनि झुट बोल्दै स्कुल बाट बच्चीलाइ आफुसंग लिएपछि बलात्कार गरेको खुल्न आएको छ कुर्र अपराधीले बलात्कार मात्र गरेन धारिलो हतियार ले बच्चीको गुप्ताङ्ग लगायत विभिन्न ठाउमा छिया-छिया पारि माटोले पुरेर छोडेको अबस्थामा भेटिएको थियो स्थानिय बासीहरु जंगल मा दाउरा खोज्न जाँदा खेरि बच्चीको शरीर माटोले पुरिएको अबस्थामा सास चलिरहेको थाहा पाएपछि स्थानिय बासीहरुले पानि छर्किएर उ जिउदो भएको अबस्था भए पछि बच्चीलाई तुरुन्त ट्रामा सेन्टरमा पुर्याइएको थियो बच्ची अहिले सम्म जिन्दगी र मृत्यु संग लड्दै आइसीयु मा राखिएको अखिल भारत नेपाली एकता मंचका प्रतिनिधि आर बि खड्काले मिडिया लाइ जानकारी दिएका छन् ।    



अपराधी मेघोली-५ चितवन नेपाल निवासी रहेको र हाल १५७ हर्केस नगर ओखला फेस-२ दिल्ली मा बस्दै आएका  अन्दाजी चालिस बर्षिय बिजय दमाइ घटना गरे लगतै एकजना ब्याक्ती संग सय रुपिया लिएर गएको अहिले सम्म फरार रहेको जानकारी आएको छ । नेपाली एकता मंचका प्रतिनिधि आर बि खड्का, मान श्रेष्ठ सुप देउराली टुर एण्ड ट्रावाल्स का अध्यक्ष हरि भट्टराइ घटना स्थल पुगी पुरा जानकारी लिएको र  उक्त अपराधीलाई खोज्न दिल्ली पुलिस लगायत भारतमा रहेका विभिन्न नेपाली संघ संस्था कटीबद्द भएर लागेको छ भने दिल्ली पुलिसको एउटा टिम अपराधीको अनुसन्धान गर्दै नेपाल पुगेको जानकारी छ ।  

 

world news

 

ओखलामा मात्र कम्तिमा २० हजार नेपालीहरु बसोबास गर्दै आएका छन् घटना पछि ओखलामा डर पैदा भएको छ भने एउटा नेपालीले अर्को नेपाली प्रति गरेको घिनलाग्दो कुर्र घटनाले नेपाल राष्ट्र माथि पनि धब्बा लागेको छ ।  अपराधीले बच्चीको घरपरिवार संग बदला लिन को लागि यस्तो हर्कत गरेको हुन सक्ने आशंका स्थानीय बासिहरुको भनाइ छ ।  घटना भएपछी आर बि खड्का को टिमले नेपाल राजदुतावास लाइ जानकारी गराई सके पछि पनि राजदुतावास अहिले सम्म मौन रहेको छ ।  



अपराधी लाइ जसरि जहाँ बाट हुन्छ पक्रनको लागि दिल्ली पुलिसले सबै संघ संस्था बुद्दिजिबी लगायत अने सर्बसाधारण संग आब्हान गरेको छ भने अपराधी लाइ पक्रे बापत २५ हजार नगत पुरस्कार को घोषणा गरेको छ।  

 

जानकारी: यस अघि बिजय कुमार दमाइ  हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा चाहन्छौ ।