काठमाडौं । पछिल्ला दिन उकालो लाग्दै आएको सुनको मूल्य शुक्रबार स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा खासै उतार-चढाव नभएसँगै यसदिन स्थानीय बजारमा सुनको मूल्य तोलाको ४९ हजार ३ सयमा स्थीर रह्यो ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ उकालो लागेर ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस ११ सय १८ डलरको हाराहारीमा कारोबार भएको थियो । इमेजखबरमा समाचार छ ।