बाबु रोका मगर
नई दिल्ली । भारतको स्वतन्त्रता दिवसको अवसरमा नई दिल्लीको ठाउँ-ठाउँमा अनेकौ कार्यक्रमहरु थिए। सो विदाको अवसर पारेर मुल प्रवाह अखिल भारत नेपाली एकता समाज को पश्चिमोत्तर क्षेत्रीय समिति विद्यार्थी विभाग द्दारा खेलकुद कार्यक्रम आयोजना गरिएको थियो। विद्यार्थीहरुको मानसिक र शारीरिक शक्तिको विकास निमित्त खेलकुद भन्ने मूल नारा लिएर सो कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा विभिन्न विद्यार्थी नगर समिति का प्रतिनिधिहरु पनि उपस्थित थिए। कार्यक्रममा विभिन्न खेलहरुको आयोजना गरिएको थियो र विद्यार्थीहरुको बाक्लो उपस्थित थियो भने खेलहरुमा विद्यार्थीहरुको सहभागिताले खेल झन् रोचक भएको थियो | अन्तमा खेलकुद कार्यक्रम को समापनमा विजेताहरुलाई पुरस्कृत गरिएको थियो र समापनको क्रममा मुख्य अतिथिद्दारा विजेताहरुलाई बधाई र उनीहरुको सुन्दर भविष्यको कामना सहित विद्यार्थी विभागले गरेको व्यवस्थाहरु सराहना गर्नु भयो र नेपालको भविष्य युवाहरुमा निहित रहेको तथा समाजको विकासका लागि युवाहरुको भागिदारी आवस्यक रहेको बताउनुभयो तेसै क्रममा विद्यार्थी विभागका अध्यक्षले पनि हामी युवाहरुको हातमा देशको भविष्य केन्द्रित छ तसर्थ हामीहरु मानसिक र शारीरिक रुपमा मजबुत हुनुपर्यो र यो समाजलाई पनि स्वस्थ र स्वच्छ राखने हाम्रो जिम्मेवारी हो भन्दै विजेताहरुलाई शुभकामना दिनुभयो।
उक्त कार्यक्रमको संचालन (सचिव) रोशन खनालले गर्नु भएको थियो भने अध्यक्षता अजय आचार्य(अध्यक्ष) ले गर्नुभएको थियो, मुख्य अतिथिको रुपमा श्री झबिलाल खनाल को स्वागत दिपक भुसालले गर्नु भएको थियो।
निम्न खेलहरुको विजेता यस प्रकार छन्
१.रिले दोड़ – प्रथम स्थानको पुरस्कार लक्ष्मण खनाल र अजय आचार्यले पाउनु भएको थियो भने दुस्रो स्थानमा मदन भुसाल र कमल भट्टराई थिए।
२.थ्री लेग दोड़- प्रथम पुरस्कार शिवराज पान्डे र निकीले पाउनु भयको थियो भने दुस्रो स्थानमा कमल भट्टराई र अमृता खरेलले हुनुन थियो र तेस्रो स्थानमा लक्ष्मण र अमृता खनाल थिए।
३.रस्सा कस्सी- प्रथम स्थानमा कमला बन्जाडे,झबिलाल,मदन भुसाल थिए।
४.खो-खो – रोशन खनालको टिम प्रतियोगिताको विजेता बनेको थियो।
५. वोलिबोलमा मधु खनालको टिम प्रतियोगिताको विजता बनेको थियो।
अन्तमा सोहार्दपूर्ण वातावरणमा अध्यक्ष द्दारा खेलकुद कार्यक्रमको समापन गरियो।